काठमाडौँ - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ७ विकेट गुमाउँदै १३९ रन बनायो। डेब्यू खेलाडी स्कट इडवार्डले सर्वाधिक ४५ रन बनाए। लोकेश बमले २६ रन जोडे भने मार्टिन गप्टिल ५ रनमै आउट भए।
पोखराका बलर सागर ढकाल र रेमन्ड राइफरले समान २-२ विकेट लिए। विराटनगर र पोखराले यसअघि चार खेलमध्ये एक-एक खेल मात्र जितेका छन्।
प्रतिक्रिया दिनुहोस