२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गढीमाई मेला : ड्रोन र तालिम प्राप्त कुकुरबाट निगरानी

बाराको गढीमाई मन्दिरमा जारी मेलाको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन पाँच सय सशस्त्र प्रहरी परिचालन गरिएको छ।



Gadhimai Mela
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १६९
  • बारा - बाराको गढीमाई मन्दिरमा जारी मेलाको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन पाँच सय सशस्त्र प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलको १२ नम्बर गण बाराबाट प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमान्डमा टोली खटाइएको छ।

    सशस्त्र प्रहरीका अनुसार मेला सुरक्षाका लागि विशेष योजना अन्तर्गत गढीमाई मन्दिर परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा कमान्ड पोस्ट स्थापना गरिएको छ।

    मेलामा भीड व्यवस्थापन र निगरानी गर्न दुईवटा तालिमप्राप्त कुकुर र ड्रोनको प्रयोग गरिएको छ। साथै, मेला परिसरमा रहेको पोखरीमा कुनै अप्रिय घटना हुन नदिन र तत्काल उद्धारका लागि २४ सै घण्टा तयारी अवस्थामा तालिमप्राप्त टोली र रबर बोट पनि तैनाथ गरिएको छ।

    मेला व्यवस्थित र सुरक्षित बनाउन सशस्त्र प्रहरी बलले उच्च सतर्कताका साथ काम गरिरहेको जनाएको छ।