काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को २०औँ खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल बराबरीमा टुंगिएको छ।
१ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन मात्र बनाउन सक्यो।
पोखराका लागि रेमन राइफरले अन्तिम ओभरमा दुई छक्का प्रहार गर्दै खेल बराबरीमा पुर्याए। उनले २३ बलमा ३४ रन बनाए। कप्तान कुशल भुर्तेलले ३१ रन र आन्द्रियस गाउसले ३५ रन जोडे।
विराटनगरका प्रतिश जिसीले ४ विकेट लिए। यसअघि, विराटनगरका स्कट एडवर्ड्सले ४५ रन र लोकेश बमले २६ रनको योगदान दिएका थिए।
अब, पहिलोपटक सुपर ओभरमार्फत खेलको नतिजा निर्धारण हुनेछ।
प्रतिक्रिया दिनुहोस