२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखराको रोमाञ्चक जित, सुपर ओभरमा विराटनगर पराजित

पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किंग्सलाई पराजित गर्दै दोस्रो जित हासिल गरेको छ।



NPL
  • Sangeeta Gurung
  • १० महिना अघि
  • पाठक संख्या १४१
  • काठमाडौँ - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किंग्सलाई पराजित गर्दै दोस्रो जित हासिल गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा दुवै टोलीले २० ओभरमा समान १३९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पोखराले १८ रन बनायो। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने थिए। पोखराका रेमन्ड रेइफरले लगातार दुई छक्का र एक चौका प्रहार गरे।

    १९ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएका विराटनगरका मार्टिन गप्टिल र निकोलास किर्टोनले जम्मा ५ रन मात्र जोड्न सके। पोखराका बलर रेइफरले उत्कृष्ट प्रदर्शन गरे।

    यसअघि, पोखराका ओपनर आन्द्रेस गौसले ३९ रनको योगदान दिए। कप्तान कुशल भुर्तेलले ३१ रन जोडे भने रेइफरले २३ बलमा ३४ रन बनाए। बलिङतर्फ विराटनगरका प्रतिश जिसीले ४ विकेट लिए।

    विराटनगरका लागि स्कट इडवार्डले ४५ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। तर, पाँच खेलमध्ये चौथो हारसँगै विराटनगर लिग चरणबाट बाहिरिने संघारमा पुगेको छ।

    यो जितसँगै पोखराले प्लेअफको सम्भावना बलियो बनाएको छ।