२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भक्तपुर महोत्सव सुरु, पाँच दिनसम्म विविध गतिविधि हुने

पर्यटकलाई आकर्षित गर्न भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्सव सुरु भएको छ।



Bhaktapur
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १४३
  • भक्तपुर- आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्सव सुरु भएको छ।

    नगरपालिकाले २६ वर्षपछि यस किसिमको महोत्सव आयोजना गरेको हो। भक्तपुरका कला, संस्कृति, सम्पदा, मौलिक उत्पादन र जीवनशैलीबारे स्वदेशी तथा विदेशीलाई जानकारी गराउँदै सहरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न महोत्सवले सहयोग गर्ने विश्वास नगरप्रमुख सुनिल प्रजापतिले व्यक्त गरे।

    महोत्सवमा ऐतिहासिक कला, संस्कृति, धार्मिक परम्परा झल्किने नृत्य, हस्तकला, घरेलु उद्योगका सामग्री, बाँसुरी वादन प्रतियोगिता, भजन, नौबाजा, परम्परागत र आधुनिक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिनेछ।

    त्यसैगरी, परम्परागत पोशाक, वाद्यवादन यन्त्र, जीवित कुमारी, दीपंकर बुद्ध, माटोका सामग्री, बौद्ध प्रकाशन, कृषि उत्पादन र खाना महोत्सवलगायतका गतिविधिहरू हुनेछन्।

    भक्तपुर नगरपालिकाले महोत्सवलाई उत्सवमय बनाउन नगरका ३२ स्थानमा प्रदर्शनी राखेको छ। यस महोत्सवले भक्तपुरको पर्यटकीय सम्भावनालाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।