२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुदूरपश्चिमविरूद्ध कर्णाली १०१ रनमै अलआउट

लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्सविरुद्ध १०१ रनमै अलआउट भएको छ।



NPL
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १५८
  • काठमाडौं - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्सविरुद्ध १०१ रनमै अलआउट भएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर सुदूरपश्चिमले फिल्डिङ रोजेपछि कर्णाली २० ओभरमा १०१ रनमै समेटियो। कर्णालीका लागि जीशन मक्सुदले ३० रन बनाए।

    सुदूरपश्चिमका हरमित सिंहले ३ तथा दीपेन्द्रसिंह ऐरी र स्कट कुगेलेइनले २-२ विकेट लिए।

    सुदूरपश्चिम प्लेअफमा पुगिसकेको छ भने कर्णाली ठूलो अन्तरले पराजित भए मात्र काठमाडौं गुर्खाजले प्लेअफमा स्थान बनाउनेछ।