२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा पुन: सक्रिय

चर्चित टिकटककर्ता आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा फर्किएका छन्।



Ayush Singh Thakuri and Alizeh Jamali
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १६४
  • चर्चित टिकटककर्ता आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा फर्किएका छन्। सामाजिक सञ्जालमा आलोचनाको शिकार भएपछि उनीहरूले केही समय टिकटक डिएक्टिभ गरेका थिए।

    गत साता टिकटक डिएक्टिभ गरेपछि इन्टाग्राममार्फत उनीहरूले साइबर बुलिङको सामना गर्नुपरेको बताउँदै केही समयको ब्रेक लिएको जानकारी गराएका थिए।

    पुन: सक्रिय भएसँगै उनीहरूले नयाँ भिडिओ पोस्ट गरेका छन् भने लाइभमा पनि आएका छन्।

    आयुषसिंह ठकुरी पछिल्लो समय आफ्नी आमा नानुसिंह ठकुरीसँगको व्यक्तिगत कुरालाई लिएर आलोचित बनेका थिए। यही विषयमा धेरै नकारात्मक टिप्पणी आएपछि आयुष र एलिजे दुवैले टिकटक अकाउन्ट बन्द गरेका थिए।

    एलिजेसँग टिकटकमा २३ लाख फलोअर्स छन् भने आयुषका १३ लाख फलोअर्स छन्।