२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कर्णाली याक्स एनपीएलको प्लेअफमा, काठमाडौँ गुर्खाज बाहिरियो

कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।



NPL
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २००
  • काठमाडौं – कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ। काठमाडौँ गुर्खाज भने लिग चरणबाटै बाहिरिएको छ।

    लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णालीले दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गर्न सकेको भए काठमाडौँ प्लेअफमा पुग्ने थियो। तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्सले प्लेअफमा स्थान सुरक्षित गर्‍यो।

    अब कर्णालीले सुदूरपश्चिमलाई १२ रनभन्दा बढी अन्तरले पराजित गरे जनकपुर बोल्ट्सलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ। अन्य नतिजा आए पनि कर्णाली शीर्ष दुईमा भने नपुग्ने निश्चित छ।