१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा पेस

दुर्गा प्रसाईँलाई बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चको आदेशपछि आज अदालतमा पेस गरिएको छ।



Durga Prasai
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १९८
  • काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चको आदेशपछि आज अदालतमा पेस गरिएको छ।

    साइबर अपराध मुद्दामा धरौटीमा रिहा भए पनि प्रहरीले पुनः पक्राउ गरेको भन्दै प्रसाईँले साधारण तारेखमा रिहा गर्न माग गरेका छन्।

    प्रहरीले उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ गरी सार्वजनिक अपराध, किर्ते, र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिरहेको छ।

    सर्वोच्चले अनुसन्धान कानुनसम्मत ठहरे रिट खारेज गर्ने, नभए तारेख वा धरौटीमा रिहा गर्न आदेश दिने बताएको छ।