२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

क्यानडाको सडक दुर्घटनामा परेकी नेपाली युवतीको अवस्था चिन्ताजनक

लन्डनमा चार दिनअघि भएको सडक दुर्घटनामा गम्भीर घाइते भएकी नेपाली युवतीको अवस्था अझै चिन्ताजनक छ।



Accident
  • एजेन्सीको सहयोगमा
  • ७ महिना अघि
  • पाठक संख्या १८९
  • क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा चार दिनअघि भएको सडक दुर्घटनामा गम्भीर घाइते भएकी नेपाली युवतीको अवस्था अझै चिन्ताजनक छ।

    काठमाडौं घर भएकी श्रेष्ठ थरकी ती युवती ९ महिना अघि मात्र क्यानडा गएकी थिइन्। उनलाई पिकअप ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना गरिएको थियो। अहिले उनी भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी छन्।

    एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाका अनुसार युवतीको उपचारमा कुनै समस्या नरहे पनि अवस्था गम्भीर छ। उनले भने, "उपचार भइरहेको छ तर अवस्था चिन्ताजनक छ। नेपालबाट उनका बुवाआमा आउने प्रक्रिया अघि बढाइएको छ।"

    दुर्घटनापछि नेपाली समुदायमा गहिरो चिन्ता र दुःख छाएको छ। घटनाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।