३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दाङमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

दाङको लमही नगरपालिका–७ मा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ।



Accident
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ४२३
  • दाङ, पुस ९ - दाङको लमही नगरपालिका–७ मा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ।

    मृत्यु हुनेमा वडा प्रहरी कार्यालय लमहीमा कार्यरत २६ वर्षीय प्रहरी जवान गणेश चौधरी रहेका छन्। डिएसपी ईश्वर थापाका अनुसार चौधरी सोमबार साँझ सवा आठ बजेतिर कर्णाली खोला नजिक मोटरसाइकल दुर्घटनामा परेका थिए।

    दुर्घटनापछि उनलाई तत्काल उद्धार गरी लमही अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले केही समयपछि मृत घोषणा गरेका हुन्। चौधरी वडा प्रहरी कार्यालयको काममा खटिएका बेला उक्त दुर्घटना भएको जनाइएको छ।