१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट समेत हटेका छन्।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २१७
  • काठमाडौं, पौष ९ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट समेत हटेका छन्।

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएपछि संघीय संसद सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको थियो।

    लामिछानेको प्रतिनिधि सभा सदस्य पदबाट निलम्बन भएपछि उनी राज्य व्यवस्था समितिको सदस्य पनि नभएको कुरा राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले मंगलबारको बैठकमा जानकारी दिएका छन्।

    खतिवडाका अनुसार, लामिछानेको सांसद पदको निलम्बनसँगै उनी राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका हुन्।