२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरामा नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ।



Dragon Festival
  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १७८
  • पोखरा, पुस १४ - नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध सुमधुर बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ।

    फेवातालमा आयोजना भएको फेस्टिभल पुस १५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा चीन, सिङ्गापुर र नेपालका २० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

    चीनबाट चार्टर फ्लाइटमार्फत १२९ खेलाडी पुस ११ मा पोखरा आएका थिए। प्रतियोगितामा चीनका ८, सिङ्गापुरको १ र नेपालका ११ टोली सहभागी छन्।

    पाँच सय र दुई सय मिटर दौडका विजेताले पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार र तृतीय टोलीले एक हजार दुई सय डलर पुरस्कार जित्नेछन्।

    पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार फेस्टिभलले पोखराको पर्यटनमा नयाँ ऊर्जा थप्नेछ।