१३ असार २०८३ शनिबार | 27 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

खोटाङमा बालविवाह: १३ वर्षीया बालिकासँग विवाह गर्ने युवकसहित दुई पक्राउ

१३ वर्षीया बालिकालाई झुक्याएर विवाह गर्ने २८ वर्षीय रमेश राई र बालविवाहमा संलग्न आफन्त कमला राईलाई पक्राउ गरेको छ।



Pakrau
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ४५३
  • खोटाङ, पुस १५ - जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया बालिकालाई झुक्याएर विवाह गर्ने २८ वर्षीय रमेश राई र बालविवाहमा संलग्न आफन्त कमला राईलाई पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपाका २८ वर्षीय रमेश राईले बालिकालाई ललाइफकाइ विवाह गरेका थिए।

    रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार उनीहरूमाथि मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत बालविवाहसम्बन्धी कसूरमा मुद्दा दायर गरिएको छ।

    रमेशले पुस ८ गते बालिकालाई घर पुर्‍याएर पुस ९ गते किरात संस्कारअनुसार विवाह गरेका थिए। घटनाबारे थप अनुसन्धानका लागि पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप गरिएको छ।

    कक्षा–८ मा अध्ययनरत बालिकालाई युवकको घरबाट उद्धार गरी जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

    मुलुकी अपराधसंहिता २०७४ अनुसार बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। घटनाबारे थप अनुसन्धान जारी छ।