काठमाडौं, पुस २५ - नेपाल राष्ट्र बैंकका उच्च अधिकारी र व्यवसायीलाई धम्की दिएको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
प्रसाईंलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरी अनुसन्धान हुँदै गर्दा यो प्रकरण बाहिर आएको हो। फुयलले धम्की दिएको अडियो प्रमाण प्रहरीले फुयलको मोबाइलबाट बरामद गरेको छ।
प्रसाईंले अडियो जाँच गराउन अस्वीकार गरे पनि प्रहरीले उनको एक टेलिभिजन अन्तर्वार्तासँग अडियो मिलान गर्दा आवाज मिलेको प्रतिवेदन दएको छ।
प्रतिक्रिया दिनुहोस