आज शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला आठ सय रूपैयाँले बढेको सुन आज शुक्रबार पनि प्रतितोला आठ सय रूपैयाँले बढी प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस