काठमाडौं, पुस १६ - नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा पुगेको छ।
अघिल्लो दिन सुन १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १,७६५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १,७९० रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस