२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई ४ करोड १५ लाख बिगो माग

प्रहरी प्रतिवेदन अनुसार रवि लामिछानेको व्यक्तिगत २ करोड र गोर्खा मिडियाको नाममा २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग गरिएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या ३०८
  • बुटवल, पुस २५ - रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ।

    इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितका अनुसार ४२ जनाविरुद्ध मुद्दा चलाउनका लागि बिहीबार प्रतिवेदन बुझाइएको हो।

    प्रहरी प्रतिवेदन अनुसार रवि लामिछानेको व्यक्तिगत २ करोड र गोर्खा मिडियाको नाममा २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग गरिएको छ।

    छविलाल जोशीको व्यक्तिगत २ करोड ५० लाख र सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

    सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङको व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो दाबी गरिएको छ।

    यसअघि, रवि गृहमन्त्री रहँदा ३ वैशाखमा सुप्रिम सहकारी ठगी प्रकरण अदालतमा दर्ता गरिएको थियो। सो मुद्दामा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

    रवि लामिछाने हालै जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।