२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अख्तियारद्वारा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गुल्मीस्थित देउराली माध्यमिक विद्यालयमा अनियमितता भएको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या ११२
  • काठमाडौं, माघ २१ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीस्थित देउराली माध्यमिक विद्यालयमा अनियमितता भएको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिअनुसार विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित अन्य आठजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।

    अनुसन्धानका क्रममा विद्यालयमा शिक्षक नियुक्तिसम्बन्धी अनियमितता भएको पाइएको छ। कानुनी प्रक्रिया पूरा नगरी असम्बन्धित व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिइएको तथा नक्कली कागजात बनाई विद्यालयमा उपस्थित नभएका शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गरिएको अख्तियारले जनाएको छ।

    मुद्दामा विद्यालयका तत्कालीन प्रधानाध्यापक तथा सदस्य सचिव मित्रलाल पाण्डे, कर्मचारी प्रेम नारायण पाण्डेय, व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेलाई प्रतिवादी बनाइएको छ।

    अख्तियारले प्रतिवादीहरूमाथि गलत लिखत तयार गरी गैरकानुनी लाभ उठाएको, विद्यालयलाई आर्थिक हानी पुर्‍याएको आरोप लगाउँदै ८ लाख ८७ हजार ८८० रुपैयाँ बिगो माग दाबी गरिएको जानकारी दिएको छ।