२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

क्यूएफएक्सलाई सलोनको प्रश्न: मेरो फिल्मले शो किन पाउँदैन?

‘रंगी’ लाई क्यूएफएक्स मल्टीप्लेक्स चेनले उपेक्षा गरेको आरोप फिल्मका निर्माता एवं अभिनेता सलोन बस्नेतले लगाएका छन्।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या २३२
  • काठमाडौँ, फागुन ४ – शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रंगी’ लाई क्यूएफएक्स मल्टीप्लेक्स चेनले उपेक्षा गरेको आरोप फिल्मका निर्माता एवं अभिनेता सलोन बस्नेतले लगाएका छन्। सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको यस फिल्मलाई रिलिजको दिन ६० शो पनि प्राप्त भएको थिएन।

    अर्को फिल्म 'दुःखी आत्मा' भने दुई सयभन्दा बढी शो पाएको थियो, जबकि ‘रंगी’लाई क्यूएफएक्सले मात्र ३६ पर्दामा १६ शो दिएको थियो। शनिबार र आइतबार काठमाडौँका केही हलहरूमा पुगेका सलोन बस्नेत क्यूएफएक्स चेनप्रति असन्तुष्ट देखिए। उनले आफ्नो फिल्मलाई दर्शकहरूले रुचाएको भएपनि शो नदिएको भन्दै क्यूएफएक्सको व्यवहारप्रति आपत्ति जनाए।

    “क्यूएफएक्सले मलाई सुरुदेखि नै पेलिरहेको जस्तो लागिरहेको छ। मैले आफ्नो फिल्ममा विश्वास गरेर केही बोलिन,” बस्नेतले भने। उनले ललितपुर जिल्लामा फिल्मको शो नदिइएको बताउँदै, “एकमात्र हल लबिममा पनि मेरो फिल्मको शो आउने छैन। बल्लबल्ल एउटा शो आउँछ, त्यो पनि बिहानैको।”

    सलोनले चलचित्र विकास बोर्डमा नेपाली र विदेशी फिल्महरूको बक्सअफिस रिपोर्ट हेर्नको लागि चुनौती दिएका छन्। "यदि ‘रंगी’को व्यापार राम्रो नभएर शो हटाइएको हो भने म तयार छु," उनले भने। उनले अझ थपे, "मेरो फिल्मलाई शो नपाएको विषयमा म प्रश्न गर्छु—मेरो फिल्मले राम्रो गर्दा गर्दै पनि शो किन पाउँदैन?"

    फिल्म निर्माणमा कठिनाइहरूको सामना गरेका सलोनले हलहरूले साथ नदिँदा नयाँ निर्माताहरू हतोत्साहित हुने कुरा बताए। निर्देशक सुरेश न्यौपानेले पनि क्यूएफएक्स चेनको व्यवहारप्रति आक्रोश प्रकट गरे। "हामीले फिल्ममा पैसा र मिहिनेत लगाएका छौं, तर शो पाउन भिख मागेको जस्तो भइरहेको छ," उनले भने।

    ‘रंगी’ फिल्ममा सलोन बस्नेत र नम्रता श्रेष्ठका अलावा आयुषी ढकालको पनि मुख्य भूमिका रहेको छ, जसले बाबु–छोरीको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्दछ।