९ जेठ २०८२ शुक्रबार | 23 May 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धरानमा केबलकार पक्षमा बोलेको भन्दै एक जनालाई कालोमोसो दलेर आक्रमण

केबलकार निर्माणको पक्षमा बोल्दा सुनसरीको धरानमा नो केबलकार समूहले एक व्यक्तिलाई कालोमोसो दलिएको छ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १००
  • धरान, फागुन ४ – पाथीभरा क्षेत्रमा केबलकार निर्माणको पक्षमा बोल्दा सुनसरीको धरानमा नो केबलकार समूहले एक व्यक्तिलाई कालोमोसो दलिएको छ।

    आइतबार दिउँसो साढे १ बजे धरान-९ स्थित हङकङ होटलभित्र थाक्थुम चुम्लुङ केन्द्रीय कार्यसमितिको पत्रकार सम्मेलनका क्रममा मावोलाई कालोमोसो दलेको सूचना प्राप्त भएको थियो। प्रहरीले घटनास्थलमा पुगेर दुवै पक्षलाई सम्झाइ बुझाइ गरि घटनास्थलबाट पठाएको जानकारी दिएको छ।

    संघर्ष समितिका नेताहरूले याक्थुम चुम्लुङ केन्द्रीय कार्यसमितिको उपाध्यक्ष पदम लिम्बू मावोलाई केबलकार निर्माण कम्पनीका प्रमुख चन्द्र ढकालबाट कमिसन मागेको आरोपमा आक्रमण गरेका हुन्।

    अहिलेसम्म घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छैन। घटनामा जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र नेता जेन्टल लावतीलगायतका व्यक्तिहरू संलग्न रहेको बताइएको छ।

    यस घटनामा याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष दिलसिंह मेन्याङ्बो पनि उपस्थित थिए।