२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड’

वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ प्रदान गरिएको छ।



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या ३६३
  • सुन्दरहरैँचा – वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ प्रदान गरिएको छ। आइतबार आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो सम्मान प्रदान गरेका हुन्।

    स्वास्थ्य अवस्थाका कारण घिमिरे कार्यक्रममा उपस्थित हुन नसकेपछि शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले अवार्ड ग्रहण गरे। पछि, प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत घिमिरेको घरमै अवार्ड हस्तान्तरण गरिएको थियो।

    झमक घिमिरे चर्चित कृति ‘जीवन काँडा कि फूल’ बाट मदन पुरस्कार विजेता हुन्। शारीरिक असक्षमताका बाबजुद उनको साहित्यिक योगदान प्रेरणादायी मानिन्छ।