२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फागुन २७ गते प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

बैठकले गम्भीर बिरामीहरूलाई ८ करोड ६० लाख रुपैयाँ सहायता रकम वितरण गर्ने निर्णयसमेत गरेको छ।



KP Oli
  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २८३
  • विराटनगर, फागुन २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको हो।

    बैठकले गम्भीर बिरामीहरूलाई ८ करोड ६० लाख रुपैयाँ सहायता रकम वितरण गर्ने निर्णयसमेत गरेको छ।

    प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटाउने र सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री कार्यालयमा कामकाज गर्न पठाउने निर्णय गरिएको मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए।

    धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने निर्णय पनि बैठकले गरेको छ।