ओडिसा, चैत्र ११ - भारतको ओडिसामा एक वृद्धाले आफ्नै नातीलाई २०० रूपैयाँमा बेचिदिएको घटना सार्वजनिक भएको छ।
चैत्र ७ गते बिहीबार ६५ वर्षीया मन्द सोरेन नाम गरेकी वृद्धाले आफ्नो ७ वर्षीया नातीलाई २०० रूपैयाँमा बेचिदिएको घटना बाहिर आएको छ । सोरेन ओडिसाको बादलिया गाउँमा बस्दै आइरहेकी छिन्। उक्त वृद्धाले २०० रूपैयाँ लिएर आफ्नो नाती एउटा जोडीको जिम्मा लगाएकी थिइन्।
सो कुरा थाहा पाएर गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिय। र प्रहरीले बालकको उद्धार गरेर बाल हेरचाह गृह पठाएको थियो। प्रहरीले गरेको अनुसन्धानबाट वृद्धाले पैसाकै लागि नाती नबेचेको खुल्न आएको छ। इन्डिया टुडेका अनुसार ती वृद्धाका घरजग्गा नभएको र श्रीमान पनि वर्षौंअघि बितिसकेका थिए भने ।छोरा बेपत्ता छन् भने बुहारी पनि बितिसकेकी छन्।
उनि आफू वृद्धा भइसकेको र स्वास्थ्य अवस्था पनि बिग्रदै गएपछि उडिसाकै रायपाल गाउँमा आफ्नो बहिनीको घरमा बस्दै आएकी थिइन्। त्यहि गाउँमा उनले एउटा अपिरिचित जोडीलाई मात्र २०० रूपैयाँमा नातीको जिम्मा लगाएकी थिइन्। नातीको गाँस, बास, कपासको मात्रै होइन पढाइदिने ज्ञारेन्टी भएपछि वृद्धाले सो बालकलाई एउटा जोडीको जिम्मा लगाएकोखुल्न आएको छ।
हेरचाह गृहका एक अधिकारीले 'उहाँले आर्थिक लोभमा परेर आफ्नो नाती बेच्नुभएको होइन बरू आफूले नसक्ने भएपछि बालकको उज्ज्वल भविष्य सुनिश्चित होस् भनेर अर्कोको जिम्मा लगाउन खोज्नुभएको रहेछ,' भनेका छन्। यस घटनाको वास्तविकता अगाडी आएपछि स्थानीयले वृद्धालाई राज्यले दिने सहायता उपलब्ध गराउन माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस