२५ चैत २०८१ सोमबार | 07 Apr 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल विद्युत प्राधिकरणको नेतृत्व विवाद: कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट सर्वोच्चमा

हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा परेको छ।



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ७६
  • काठमाडौं, चैत्र १७ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा परेको छ।

    आइतबार दुवै जनाको रिट एकैसाथ सुन्ने गरी सो इजलासमा पेश गरिएको हो। यसअघि, शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो, जसले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन आदेश दिएको थियो।

    सर्वोच्च अदालतले दुवै पक्षसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ। घिसिङ र शाक्यले गत बिहीबार सर्वोच्च अदालतमा आफ्नो रिट दर्ता गराएका थिए।

    घिसिङले मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध अन्तरिम आदेशको आग्रह गरेका छन्। अर्कोतर्फ, शाक्यले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक दाबी गरेका छन्।

    सरकारले गत सोमबार (चैत ११ गते) कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको थियो।