६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइयो

रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको छ।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १९३
  • रुपन्देही, चैत्र २५ - सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको छ। सोमबार बिहान उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका थिए। अदालतमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा उनलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको हो।

    प्रकरणसँग सम्बन्धित थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।