२५ चैत २०८१ सोमबार | 07 Apr 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राप्रपाको प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको पनि सहभागिता हुने

राप्रपाले चैत २६ गते भृकुटीमण्डपमा गर्न लागेको विरोध प्रदर्शन तथा वृहत् सभामा सहभागिता जनाउने भएको छ।



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ५०
  • काठमाडौँ, चैत २४ - राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय 'संयुक्त जनआन्दोलन समिति' राप्रपाले चैत २६ गते भृकुटीमण्डपमा गर्न लागेको विरोध प्रदर्शन तथा वृहत् सभामा सहभागिता जनाउने भएको छ।

    समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने जानकारी दिएका हुन्। उनले सबै राष्ट्रवादी र देशभक्त नागरिकहरूलाई शान्तिपूर्ण रूपमा प्रदर्शनमा सक्रिय सहभागिता जनाउन आह्वानसमेत गरेका छन्।

    ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ राप्रपाले नवीन राजनीतिक समझदारीका लागि भृकुटीमण्डपमा प्रदर्शन तथा सभा गर्न लागेको हो।

    संयुक्त जनआन्दोलन समितिले राजसंस्थाको पक्षमा जोकोहीले आयोजना गर्ने आन्दोलनमा साथ दिने नीति लिएको जनाउँदै आएको छ। राप्रपाले पनि सोही धारणा अनुरूप समिति लगायत अन्य समुहहरूसँग सहकार्य गर्दै प्रदर्शन गर्न लागेको हो।