५ बैशाख २०८२ शुक्रबार | 18 Apr 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वर्षाले ९ स्थानका राजमार्ग प्रभावित, ३ ठाउँमा सडक पूर्ण अवरुद्ध

बुधबार साँझदेखि परेको लगातार वर्षाका कारण ९ स्थानका राजमार्ग प्रभावित, ३ ठाउँमा सडक पूर्ण अवरुद्ध भएको छ।



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ६३
  • काठमाडौं, चैत २८ – बुधबार साँझदेखि परेको लगातार वर्षाका कारण देशका विभिन्न स्थानका राजमार्गमा पहिरो र बाढीको असर परेको छ।

    नेपाल प्रहरीले बिहीबार बिहान ८ बजेसम्मको अपडेट अनुसार ९ स्थानमा पहिरो गएको जनाएको छ। तीमध्ये रुकुम पश्चिमको राप्ती राजमार्ग, कालिकोटको सुर्खेत–हुम्ला सडक र सल्यानको जाजरकोट सडक पूर्ण रूपमा अवरुद्ध छन्।

    अन्य ५ स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ भने एक स्थानमा पहिरो पन्छाएर सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।