३ बैशाख २०८२ बुधबार | 16 Apr 2025 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कक्षा १२ को परीक्षा बहिष्कारमा शिक्षक महासंघ, विद्यालय अनिश्चितकालीन बन्द

महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५५
  • काठमाडौँ, वैशाख २ – नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ।

    विद्यालय शिक्षा ऐनको मागसहित २० चैतदेखि आन्दोलनरत महासंघले आन्दोलन सशक्त बनाउन देशभरका विद्यालय अनिश्चितकालीन बन्द गर्ने जनाएको छ। साथै, सबै शिक्षक, कर्मचारी र प्रधानाध्यापकलाई राजधानीको शैक्षिक आन्दोलनमा सहभागी हुन आग्रह गरिएको छ।

    सरकारले नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान सुरु गरे पनि आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ। महासंघले प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा साथ दिन अनुरोध गरेको छ।

    शिक्षकको माग सम्बोधनमा सरकार ढिलाइ गरे शिक्षा क्षेत्र संकटमा पर्ने चेतावनी महासंघले दिएको छ।