२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमालेको ‘युवा उत्सव’मा लोकप्रिय कलाकारहरूको प्रस्तुति

सांगीतिक प्रस्तुति दिने कलाकार तथा ब्याण्डहरूको लाइनअप सार्वजनिक गरेको छ।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या २०६
  • काठमाडौं, वैशाख ११ - सत्तारुढ नेकपा एमालेले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको ‘युवा उत्सव’का लागि सांगीतिक प्रस्तुति दिने कलाकार तथा ब्याण्डहरूको लाइनअप सार्वजनिक गरेको छ।

    पार्टीले सार्वजनिक गरेको सूचीमा पछिल्लो समय भाइरल बनेको गीत ‘म त ढलेँ ढलेँ’ की गायिका शान्तारानी परियार, युवामाझ निकै लोकप्रिय गायिका एलिना चौहान, वाङदेन शेर्पा एण्ड द काउब्वायज, द एलिमेन्ट्स, सुशान्त एण्ड रागा तथा पूर्ण राई एण्ड दाजुभाईहरू समावेश छन्।

    यी कलाकार र ब्याण्डहरू हाल इन्टरनेट प्लाटफर्महरूमा अत्यधिक रुचाइएका र ट्रेन्डमा रहेका नामहरू हुन्। ‘युवा उत्सव’मा उनीहरूले लाइभ प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।

    यस्तै, यीमध्ये केही कलाकारहरूले संविधान दिवसको अवसरमा सरकारले आयोजना गरेको विशेष कार्यक्रममा समेत प्रस्तुति दिइसकेका थिए। एमालेले उक्त उत्सवलाई युवामाझ लोकतन्त्रको महत्व उजागर गर्ने उद्देश्यले आयोजना गरेको हो।