८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शिक्षक आन्दोलन चर्किँदै, सबैलाई काठमाडौं आउन महासंघको अपिल

शिक्षक महासंघले आन्दोलन चर्काउँदै देशभरका शिक्षक र कर्मचारीलाई काठमाडौं आउन अपिल गरेको छ।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या १०२
  • काठमाडौं, वैशाख १५ — आइतबारको झडपपछि नेपाल शिक्षक महासंघले आन्दोलन चर्काउँदै देशभरका शिक्षक र कर्मचारीलाई काठमाडौं आउन अपिल गरेको छ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा भएको दमनको विरोधमा सबै सरोकारवालालाई ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।

    बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक, कर्मचारी र सञ्चारकर्मी घाइते भएका छन्, जसमा एक दर्जनको अवस्था चिन्ताजनक रहेको छ।

    महासंघले सरकारद्वारा संरक्षित समूहले स्थिति बिगारेर प्रहरीद्वारा पानीको फोहरा, ढुङ्गा प्रहार र लाठीचार्ज गरिएको आरोप लगाएको छ। घाइतेहरूको उपचार सरकारले गर्नुपर्ने माग गर्दै महासंघले सरकारको दमनकारी चरित्रको निन्दा गरेको छ।

    शिक्षकहरूले विद्यालय शिक्षा ऐन बिना कार्यक्षेत्रमा नफर्किने घोषणा गरेका छन्।