२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

'नेकपा ले मात्र यो देशको निकास दिन सक्छ' : कपिल सी

नेकपाले बुढीगण्डकी परियोजनालाई राष्ट्रिय गौरवको आयोजना मानेर त्यसलाई तीव्र गतिमा अघि बढाउने स्पष्ट पारेको छ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १३९
  • गोरखा, वैशाख १६ – आगामी २०८४ सालको आम निर्वाचनलाई लक्षित गर्दै नेकपा गोरखा क्षेत्र नम्बर १ ले क्षेत्रीय सम्पर्क कार्यालय गोरखा आरुघाट बजारमा स्थापना गरेको छ। आज मंगलबार एक समारोहबीच उक्त कार्यालय उद्घाटन गरिएको हो।

    कार्यक्रममा बुढीगण्डकी जलविद्युत् परियोजनाबाट प्रभावित स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले लामो समयदेखि उठाउँदै आएका मागहरू नेकपाले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    नेकपाले बुढीगण्डकी परियोजनालाई राष्ट्रिय गौरवको आयोजना मानेर त्यसलाई तीव्र गतिमा अघि बढाउने स्पष्ट पारेको छ। पार्टीले एमाले, कांग्रेस र माओवादीले राजनीतिक स्वार्थका कारण परियोजनालाई वर्षौंदेखि रोकिराखेको आरोप लगाएको छ। 

    साथै, नेकपामा विभिन्न दल परित्याग गरी नयाँ अनुहारहरूको पनि प्रवेश भएको छ। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सल्लाहकार दलसिंह गुरुङको नेतृत्वमा भिमबहादुर गुरुङ, धनबहादुर गुरुङ, एमाले परित्याग गरेका जितबहादुर थापा मगर, चन्द्रबहादुर बिक, टेकबहादुर सुनार, सुमित्रा बिक, माइली गुरुङ, सुखमाया गुरुङ, सेतीमाया गुरुङलगायत दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू पार्टीमा प्रवेश गरेका छन्।

    उनीहरूलाई नेकपा गोरखा जिल्ला इन्चार्ज कपिल सि. ले खादा ओढाएर स्वागत गरे। उनले कार्यक्रममा बोल्दै भने, “देशलाई निकास दिन सक्ने शक्ति नेकपा मात्रै हो। हामी जनताको पीडा बुझेर अघि बढिरहेका छौं। बुढीगण्डकी परियोजना पूरा नहुँदासम्म पीडितको घाउ निको हुदैन।”

    पार्टीले आगामी निर्वाचनमा गोरखा–१ लाई केन्द्रित गर्दै संगठन सुदृढीकरण र जनसम्पर्क अभियानलाई तिव्रता दिने जनाएको छ।