काठमाडौँ, बैशाख २१ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँको हायात होटेलमा आइतबार सम्पन्न भएको छ। महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै सफलतापूर्वक अधिवेशन सम्पन्न गरेको हो।
एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित उक्त महाधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत रूपमा चयन गरिएको प्रमुख निर्वाचन आयुक्त तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए। उनले निर्वाचन प्रक्रिया सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
महाधिवेशनबाट निर्वाचित कार्यसमिति निम्नानुसार रहेको छ:
अध्यक्ष:
महेशकुमार श्रेष्ठ
उपाध्यक्ष (६ जना):
सुनिल कुमार साह
बुद्धि सागर सुवेदी
खगेन्द्र न्यौपाने
लोकप्रसाद दाहाल
मनोज कुमार श्रेष्ठ (गोर्खाली)
विश्वास दीप लिम्बु (तिगेला)
उपाध्यक्ष (महिला):
जुनु गुरुङ
महासचिव:
बाबुराम (बीआर) लामा
सचिव (३ जना):
चिन्तामणि सापकोटा
टङ्कप्रसाद गैरे
तिलकप्रसाद गैरे
सचिव (महिला):
देवकी खत्री गुरुङ
कोषाध्यक्ष:
ठाकुर प्रसाद ढुङ्गाना
सह-कोषाध्यक्ष:
कृष्णप्रसाद पोखरेल
महिला संयोजक:
रश्मि थापा
युवा संयोजक:
भीमसेन थापा
क्षेत्रीय संयोजकहरू:
एसिया प्रशान्त: डा. बलराम श्रेष्ठ
युरोप: प्रेमबहादुर गुरुङ
मध्यपूर्व: रमेश श्रेष्ठ
उत्तर-दक्षिण अमेरिका: डिलुराम पराजुली
ओसेनिया: इर्सद अहमद
क्षेत्रीय उपसंयोजकहरू:
एसिया प्रशान्त (२ जना):
माधव पोखरेल
मीमबहादुर पुर्जा
मध्यपूर्व (२ जना):
सुनिल कुमार घिमिरे
श्रीकृष्ण भट्टराई
उत्तर-दक्षिण अमेरिका (२ जना):
विश्वराज बास्तोला
नरबहादुर टण्डन क्षेत्री
ओसेनिया (२ जना):
रामप्रसाद कँडेल
प्रताप राना
निर्वाचन समितिका अनुसार, महाधिवेशन स्थलमै आइतबार एक विशेष समारोहको आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गर्नुका साथै प्रमाणपत्र वितरण गरिएको छ।
महाधिवेशनले एनआरएनएको एकताको सन्देश दिँदै आगामी कार्यकालमा संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाइएको छ।
प्रतिक्रिया दिनुहोस