२९ साउन २०८२ बिहिबार | 14 Aug 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपाले लामिछानेको पक्षमा हस्ताक्षर संकलन गरेर अदालतमा प्रभाव पार्न खोजिएको आरोप



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ५३
  • काठमाडौं, साउन २७ - नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले योजनाबद्ध तरिकाले सहकारीको रकम ठगी आरोपमा थुनामा रहेका पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर संकलन गरेर अदालतलाई प्रभाव पार्ने प्रयास गरेको बताएकी छन्।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद न्यौपानेले रास्वपाले बीपी कोइराला र नेल्सन मण्डेलाको उदाहरण दिँदै रवि लामिछानेको जेल बसाइलाई गलत तरिकाले तुलना गरेको टिप्पणी गरिन्। उनले भनिन्, “रविजस्तै उहाँहरू जनतालाई ठगेर जेल बसेको होइनन्।”

    न्यौपानेले कानुन निर्माण प्रक्रियामा स्वार्थ समूहहरूको प्रभावका कारण गलत कानुन बन्ने समस्या रहेको पनि उल्लेख गरिन्। केही विधेयकहरू एकैपटक संशोधन गर्दा कम छलफल हुने र त्यसले अर्थमा अनर्थ आउने जोखिम बढ्ने उनको भनाइ थियो।

    उनले सुधार र स्पष्ट संशोधनमार्फत कानुन बनाउने सुझाव दिँदै भनिन्, “स्वार्थ समूहको प्रभावका कारण कहिलेकाहीँ गलत कानुनहरू पनि बन्न पुग्छन्, जसले विगतका घटनाले पुष्टि गरेको छ।”

    त्यसैगरी सांसद न्यौपानेले कारागार व्यवस्थामा सुधार आवश्यक रहेको विषयमा पनि कुरा गरिन्।