२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जिबी राई पक्राउबारे रास्वपाको कडा प्रश्न, गृहमन्त्रीसँग संसदमै जवाफ माग



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १०४
  • काठमाडौं, साउन २८ – सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिबी राईलाई किन पक्राउ नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार सरकारसँग कडा प्रश्न उठाएको छ।

    प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ सभामुखको अनुमति लिएर रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकलाई सोधपुछ गरे।

    “जिबी राईलाई कहाँ लुकाइएको छ? कति महिना भयो गृहमन्त्री भएको? उनी घरभित्र छन् कि सत्ताको ओढारभित्र?” चौधरीको तीखो प्रश्न थियो।

    सांसद चौधरीले गिरिबन्धु टिइस्टेट प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि गृहमन्त्रीको जवाफ मागे।

    उनले प्रश्न गरे, “गिरिबन्धु टिइस्टेटको फाइल कहाँ हरायो? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो?” साथै, नक्कली भुटानी शरणार्थी मुद्दामा बेचन झाको बयानको प्रगति बारे पनि जानकारी लिन माग गरे।