२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओलीको दाबी : २०८४ सम्म हालको गठबन्धन यथावत, अस्थिरता सफल हुँदैन



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १११
  • काठमाडौं, साउन २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनसम्म हालको राजनीतिक गठबन्धन यथावत रहने स्पष्ट पारेका छन्।

    बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरताको वातावरण सिर्जना गर्ने प्रयासहरू सफल नहुने दाबी गरे। उनले मुलुकमा राजनीतिक तथा नीतिगत स्थिरता कायम गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरे।

    “बलियो संसदीय गणितको आधारमा बनेको सरकार आजै वा भोलि ढल्छ भन्ने हल्ला अस्थिरताको पक्षपोषण हो, जुन देशको हितमा छैन,” ओलीले भने, “अस्थिरताको चाहना जतिसुकै भए पनि आगामी २०८४ सालको निर्वाचनसम्म यही समीकरण अघि बढ्छ।”

    उनले दुई प्रमुख दलहरूको सहकार्य र अन्य दलहरूको समर्थनमा बनेको सरकार बिग्रिएको अर्थतन्त्रलाई सुधार्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। विपक्षी दलहरूलाई स्थिरता अप्रिय लागिरहेको उल्लेख गर्दै ओलीले यो प्रणाली आफ्नो पार्टीका लागि ज्यान सरह प्रिय रहेको र यसको संरक्षणका लागि कुनै पनि कष्ट सहन तयार रहेको बताए।

    “कसैले लोकतन्त्र मन नपरेको हुन सक्छ, कसैले यसको विकास होइन, उपभोग मात्र गर्ने चाहना राखेको हुन सक्छ,” उनले थपे।