२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भारत र पाकिस्तानबीच युद्धविरामपछि पहिलोपटक डिजिएमओस्तरीय वार्ता आज

वार्ता युद्धविरामलाई मजबुत बनाउने र सीमामा शान्ति कायम गर्ने उद्देश्यले केन्द्रित हुनेछ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १२०
  • काठमाडौं, वैशाख २९ - भारत र पाकिस्तानबीच युद्धविरामको दुई दिनपछि आज पहिलोपटक डिजिएमओ (सैन्य अपरेसन महानिर्देशक) स्तरको वार्ता हुँदैछ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतका लेफ्टिनेन्ट जनरल राजीव घाइ र पाकिस्तानका मेजर जनरल काशिफ चौधरीबीच दिउँसो १२ बजे हटलाइनमार्फत संवाद हुने तय भएको हो।

    वार्ता युद्धविरामलाई मजबुत बनाउने र सीमामा शान्ति कायम गर्ने उद्देश्यले केन्द्रित हुनेछ।

    भारतले यस वार्तामा तेस्रो पक्षको कुनै मध्यस्थता अस्वीकार्य हुने स्पष्ट गरिसकेको छ।

    बुधबारदेखि चर्किएको तनाव शनिबार युद्धविराममा परिणत भएपछि आजको वार्तालाई महत्वपूर्ण मानिएको छ।