२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापाको बाह्रदशीमा हावाहुरीले ठूलो क्षति, केराखेती र उद्योग प्रभावित

वर्षासहितको हावाहुरीले केराखेती, उद्योग र घरधुरीमा ठूलो क्षति पुर्‍याएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २७७
  • झापा, वैशाख २९ - आइतबार साँझ झापाको बाह्रदशी गाउँपालिकामा आएको वर्षासहितको हावाहुरीले केराखेती, उद्योग र घरधुरीमा ठूलो क्षति पुर्‍याएको छ।

    बाह्रदशी–७ स्थित बत्तीसबिघे क्षेत्रमा ३० बिघामा लगाइएको केराखेती पूर्ण रूपमा नष्ट हुँदा करिब ५१ लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। १५ घरधुरीको केराको बोट ढलेका छन्।

    मेचीनगर–१५ मा रहेको कामक्ष इण्डष्ट्रिज प्रा.लि. मा दुई लाख २० हजार, दमक–८ मा रहेको दुर्गा काटा गल्ला भण्डारमा एक लाख ५० हजार, हल्दिबारी–४ मा सकलदीप साहको घरमा एक लाख ५० हजार, र दमक–४ मा दुई घरमा गरी करिब ९० हजार बराबरको क्षति भएको छ।

    प्रहरी र स्थानीय निकायले क्षतिको स्थलगत अनुगमन जारी राखेका छन्।