६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पक्षमा सिटौला : राजीनामा माग्न नहुने भनाइ

सिटौलाले कुनै एक कर्मचारीको गल्तीका आधारमा मन्त्रीको राजीनामा माग्नु गलत नजिर हुने टिप्पणी गरे।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १०६
  • विराटनगर, जेठ ११ — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने आवाज उठिरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला गृहमन्त्रीको पक्षमा उभिएका छन्।

    आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता सिटौलाले कुनै एक कर्मचारीको गल्तीका आधारमा मन्त्रीको राजीनामा माग्नु गलत नजिर हुने टिप्पणी गरे। उनले भने, "यदि विगतमा मन्त्रीहरू स्वयं दोषी ठहरिएको अवस्थामा राजीनामा दिनुपर्ने अवस्था थियो भने अहिले अध्यागमन विभागका कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। त्यसैले केही समय पर्खिनु उपयुक्त हुन्छ।"

    यसअघि शनिबार कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिन सुझाव दिएका थिए।

    सिटौलाले संविधान संशोधनको आवश्यकता पनि औंल्याए। उनले हिन्दु राष्ट्र वा संवैधानिक राजसंस्थाको पुनःस्थापनाका लागि जनमत संग्रह आवश्यक नरहेको बताउँदै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिमार्जन र परिष्कृत गर्नुपर्नेमा जोड दिए।

    उनको भनाइमा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति पनि नेपालजस्तो मुलुकका लागि उपयुक्त व्यवस्था होइन। सङ्घीय लोकतान्त्रिक संसदीय प्रणाली नै नेपालको लागि उपयुक्त रहेको उनले स्पष्ट पारे।

    त्यस्तै, सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन २०८२ मा सम्भव नभएको भन्दै २०८३ सालको दशैं आसपासमा महाधिवेशनको तयारी गर्नुपर्ने धारणा पनि राखे।