२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पहिरोले राप्ती लोकमार्गको दाङ–सल्ल्यान खण्ड पूर्ण रूपमा अवरुद्ध

दाङ–सल्ल्यान खण्डअन्तर्गत राप्ती लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १३१
  • दाङ, जेठ १४ - दाङ–सल्ल्यान खण्डअन्तर्गत राप्ती लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा बुधबार बिहान ठूलो पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) केशर न्यौपानेका अनुसार सडक माथिबाट खसेको पहिरोका कारण दाङ–सल्ल्यान खण्डमा सवारी आवागमन ठप्प भएको हो। पहिरो हटाउने प्रयास जारी रहेको र त्यसका लागि एक्स्काभेटर प्रयोग गरिएको जानकारी दिइएको छ।

    सडक अवरुद्ध भएसँगै यात्रु र सवारीसाधन बाटोमै अलपत्र परेका छन्। यात्रुहरूको समस्या न्यूनीकरण गर्नका लागि साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

    वैकल्पिक बाटोको रूपमा कपुरकोट–लामिडाँडा र कपुरकोट–पाखापानी–सातबास मार्ग प्रयोग गर्न सकिने जानकारी प्रहरीद्वारा दिइएको छ।