२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं महानगरको कार्यपालिका र नगरसभा बैठक चाँडै बस्ने

काठमाडौं, २९ जेठ – काठमाडौं महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक चाँडै बस्ने भएको छ।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ११५
  • काठमाडौं, जेठ २९ – काठमाडौं महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक चाँडै बस्ने भएको छ। मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले उपप्रमुख सुनिता डंगोलसँगको सकारात्मक वार्तापछि बैठक छिट्टै बोलाइने जानकारी दिएको हो।

    मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार कार्यपालिका र नगरसभा बैठक राख्ने विषयमा महत्वपूर्ण छलफल भएको छ। “बैठक सकारात्मक भयो। विशेषगरी कार्यपालिका र नगरसभा बैठक राख्नेबारे राम्रो कुराकानी भएको छ,” शाहले बताए।

    उनका अनुसार बैठकमा तीनजना वडाध्यक्षहरू पनि सहभागी थिए। जनभावनाअनुरूप बजेट ल्याउनुपर्ने आवश्यकता देखिएपछि बैठकको तयारी थालिएको बताइएको छ। अब बजेटको सिलिङ निर्धारण गर्ने अर्को बैठक पनि छिट्टै बस्नेछ।

    करीब पाँच महिनादेखि कार्यपालिका बैठक नबसेको भन्दै महानगर नेतृत्वको आलोचना हुँदै आएको छ। पछिल्लो पटक १४ पुसमा बसेको १६औं नगरसभा बैठकअघिको कार्यपालिका बैठकपछि कुनै बैठक बस्न सकेको थिएन। मेयरले बैठक नबोलाएको भन्दै विभिन्न वडाध्यक्षहरूले निरन्तर दबाब दिँदै आएका थिए।

    अब बैठक बस्ने तयारीले पाँच महिनादेखिको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ।