१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोरखा सहिद लखन गेट नजिकको मुख्य सडक पहिरोले अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

लखन थापा सहिद गेट नजिकैको बुङ्कोट, नाम्जुङ, घैरुङ हुँदै तिनमाने–मनकामना जाने मुख्य सडक पुनः पहिरोले अवरुद्ध भएको छ।



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ३५०
  • गोरखा, असार ९ — गोरखा सदरमुकाम हुँदै सहिद लखन गाउँपालिका प्रवेशद्वार ढुङ्गागाडे भञ्ज्याङस्थित लखन थापा सहिद गेट नजिकैको बुङ्कोट, नाम्जुङ, घैरुङ हुँदै तिनमाने–मनकामना जाने मुख्य सडक पुनः पहिरोले अवरुद्ध भएको छ।

    गत वर्षको वर्षायाममा भासिएको सो सडकको आधा भागमा यस वर्षको असार ८ गते रातिदेखि परेको अविरल वर्षाका कारण फेरि ठूलो पहिरो गएको हो। पहिरोका कारण सवारी साधन मात्र होइन, पैदलयात्रुहरूलाई समेत आवतजावत गर्न कठिनाइ भएको छ।

    स्थानीय प्रशासन र प्रहरी कार्यालयले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। सडक खुलाउने प्रयास भइरहेको भए पनि निरन्तर वर्षाका कारण पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

    स्थानीय बासिन्दा र यात्रुहरूलाई सुरक्षित रहन र सूचना अनुसार यात्रा तय गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।