२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

९ वर्षको प्रेमपछि रोनाल्डो–जर्जिना विवाहको तयारीमा



  • एजेन्सीको सहयोगमा
  • २ महिना अघि
  • पाठक संख्या २००
  • काठमाडौं, साउन २७ — पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेज अब वैवाहिक बन्धनमा बाँधिन तयारी अवस्थामा छन्। करिब ९ वर्षको प्रेम यात्रापछि दुवैले औपचारिक रूपमा इन्गेजमेन्ट गरेका हुन्।

    ३१ वर्षीया जर्जिनाले सामाजिक सञ्जालमार्फत ठूलो औंठी सहितको तस्वीर सार्वजनिक गर्दै विवाहप्रति आफ्नो उत्साह व्यक्त गरेकी छिन्। रोनाल्डोले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

    दुवैबीचको पहिलो भेट करिब नौ वर्षअघि मड्रिडस्थित ‘गुच्ची’ पसलमा भएको थियो, जहाँ जर्जिना काम गर्थिन् र रोनाल्डो त्यतिबेला रियल मड्रिडका तर्फबाट खेलिरहेका थिए।

    हाल साउदी अरबको अल-नासर क्लबमा खेलिरहेका ३९ वर्षीय रोनाल्डोका पाँच सन्तान छन्। तीमध्ये दुई सन्तान जर्जिनासँगको सम्बन्धबाट जन्मिएका हुन्। सन् २०२२ मा उनीहरूको कान्छी छोरी बेला जन्मिएकी थिइन्, तर सोही समयमा जन्मिएको छोरा मृत जन्मिएको थियो।

    जर्जिनाले रोनाल्डोका अन्य तीन सन्तानको पनि पालनपोषण गरिरहेकी छन्। उनका जीवनका सुख–दुःखका क्षणहरू दुवैले सँगै बाँड्दै आएका छन्, र अब विवाहमार्फत सम्बन्धलाई नयाँ आयाम दिन लागेका छन्।