झापा, मंसिर २६ - आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापा–जिल्ला समितिले पाँचै निर्वाचन क्षेत्रबाट उठेका आकांक्षीका नाम संकलन गरी कोशी प्रदेश समितिमा ६६ जनाको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा पनि समावेश छन्।
जिल्ला सचिव कृष्ण हुमागाईंका अनुसार, केन्द्रीय समितिले मंसिर १५ गते जारी गरेको निर्देशन अनुसार क्षेत्रीयस्तरबाट नामावली संकलन गरी सर्वसम्मत रूपमा प्रदेश समितिमा पठाइएको हो।
सचिव हुमागाईंले भने, “सबै क्षेत्रीय समिति बैठकहरू विवादरहित रूपमा चले। प्रत्यक्ष र समानुपातिक दुवैतर्फका नामहरू स्पष्ट रूपमा सिफारिस भएर आएका छन्। विशेषतः क्षेत्र नं १ मा प्रत्यक्षतर्फ महामन्त्री शर्माको नाम एकल रूपमा प्रस्तावित भएको छ।”
क्षेत्रगत सिफारिसको अवस्था
क्षेत्र नं १
प्रत्यक्ष: महामन्त्री विश्वप्रकाश शर्मा (एकल)
समानुपातिक: रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की, शोभा श्रेष्ठ नेम्बाङ
क्षेत्र नं २
प्रत्यक्ष: छत्रबहादुर गिरी, सरिता प्रसाईं, सजेश शिवाकोटी
समानुपातिक: सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मीरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम, कृष्णबहादुर श्रेष्ठ
क्षेत्र नं ३
प्रत्यक्ष: टीकाराज ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बू, नवीन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी
समानुपातिक: सुशीला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङवा, शिला तामाङ
क्षेत्र नं ४
प्रत्यक्ष: देउकुमार थेवे, उत्तमबहादुर चौलागाई, धनमाया चिमरिया
समानुपातिक: सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा, सन्तोषकुमार मेनेङ्बो, टङ्कबहादुर विश्वकर्मा, मथुरादेवी श्रेष्ठ
क्षेत्र नं ५
प्रत्यक्ष: अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी, सिरम कार्की
समानुपातिक: महेन्द्राकुमारी लिम्बू, सुरेश सुब्बा, दिलीप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भीममाया उप्रेती (भुजेल), रोहितकुमार शाह
जिल्ला समितिको भनाईअनुसार, अब कोशी प्रदेश समितिले यी सिफारिसहरूलाई छलफल गरी केन्द्रीय समितिमा पठाउनेछ, जहाँ अन्तिम नाम तय हुनेछ।
प्रतिक्रिया दिनुहोस