३० साउन २०८३ शनिबार | 15 Aug 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि–बालेन सहमतिपछि हर्क साम्पाङको प्रतिक्रिया : हाम्रो पार्टी एक्लै अघि बढ्छ



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १४०
  • काठमाडौं, पुस १३ - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि राजनीतिक शक्तिसँग एकता नगर्ने स्पष्ट पारेका छन्।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा साम्पाङले श्रम संस्कृति पार्टीले ‘मिसावटको राजनीति’ अस्वीकार गर्दै स्वतन्त्र र मौलिक बाटोमै अघि बढ्ने बताएका छन्। चुनावी माहोल तातेको बेला विभिन्न अड्कल र चर्चा भइरहेकामा संकेत गर्दै उनले भने, “जसलाई जससँग मिल्न मन छ, मिल्न सक्छ। तर श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन।”

    उनका अनुसार पार्टीले देशको माटो र ढुंगासँग जोडिएको स्वदेशी सोचमा आधारित राजनीति गर्नेछ। “हामी मिसावटविनाको राजनीति गर्छौं। यो देशको मौलिकता र श्रम संस्कृतिलाई केन्द्रमा राखेर अघि बढ्छौं,” उनले स्पष्ट गरे।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सहमति सार्वजनिक भएको केही घण्टापछि आएको साम्पाङको अभिव्यक्तिलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

    साम्पाङले पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई एकताबारे भ्रममा नपर्न आग्रह गर्दै भने, “कससँग मिल्छ कि मिल्दैन भनेर अनावश्यक अड्कल गर्नुपर्ने अवस्था छैन। हामी कसैसँग पनि एकता गर्दैनौं।”