२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘कुन उम्मेदवारलाई भोट?’ - झापामा यस्तो प्रश्न अब निषेध



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या २०५
  • झापा, माघ १९ - झापामा मतदातासँग कुन उम्मेदवार वा कुन निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने प्रश्न सोध्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता भंग भइरहेको भन्दै यस्तो कार्यमा रोक लगाएको हो।

    सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चार माध्यममार्फत मतदातासँग दल, उम्मेदवार वा निर्वाचन चिह्नबारे प्रश्न सोधिने गतिविधि भइरहेको जानकारी प्राप्त भएको जनाइएको छ।

    विज्ञप्तिमा यस्तो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) विपरीत रहेको र आचारसंहिता उल्लंघनको श्रेणीमा पर्ने उल्लेख गरिएको छ। सूचना जारी भएपछि पनि यस्ता गतिविधि दोहोरिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

    जिल्ला प्रशासनले मतदाताको स्वतन्त्रता र गोपनीयता सुनिश्चित गर्न सबै सरोकारवाला पक्षलाई आचारसंहिताको पालना गर्न आग्रह गरेको छ।