२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फागुन २१ मै निर्वाचन हुनसक्छ : ओली



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १४४
  • काठमाडौँ, माघ २२ - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन सम्भवतः फागुन २१ गते नै हुने बताएका छन्। झापामा आयोजित स्थानीय नागरिकहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति नजिकिँदै गएको संकेत गरेका हुन्।

    यसअघि निर्वाचनका लागि अनुकूल वातावरण नबनेको धारणा राख्दै आएका ओलीले अब भने फागुन २१ मै चुनाव हुनसक्ने सम्भावना देखिएको बताए। यदि सो मितिमा निर्वाचन हुन नसकेर केही समयपछि भए पनि जित हासिल गर्ने पार्टी नेकपा एमाले नै हुने उनको दाबी छ।

    अध्यक्ष ओलीले नेकपा एमाले देशभक्तिपूर्ण राष्ट्रवादी विचार र आन्दोलनको नेतृत्व गर्ने प्रमुख राजनीतिक शक्ति भएको उल्लेख गरे। वैचारिक स्पष्टता, व्यवहारिक क्षमता, संघर्षशीलता र अडानका आधारमा राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्ने जिम्मेवारी एमालेले नै बहन गरिरहेको उनको भनाइ थियो।

    उनले एमाले नेतृत्वको सरकार हुँदा देशमा विकास निर्माणका कामहरूले तीव्रता पाएको दाबी गर्दै आगामी दिनमा पनि एमालेले नै स्थायित्व र विकासको नेतृत्व गर्ने विश्वास व्यक्त गरे।