सुनसरी, माघ २९ – नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देशलाई सुरक्षित राख्नका लागि कांग्रेसलाई मात्र मत दिनुपर्ने बताएका छन्।
चुनावी अभियानको क्रममा सुनसरी–४ पुगेका थापाले भने, “यो निर्वाचनको परिणामबाट प्राप्त हुने शक्तिको आधारमा मात्र संविधान, व्यवस्था र देशलाई बचाउन सकिन्छ। वर्तमान परिस्थितिमा संविधानले प्रदान गरेका अधिकारहरु जोगाउन कांग्रेस बाहेक अरू कुनै पार्टी सक्षम छैन।”
उनले कांग्रेसले प्रस्तुत गरेको नयाँ संकल्पलाई जनताले विश्वास गर्ने विश्वास व्यक्त गरे। सभापति थापाले थपे, “देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस हो र हामी त्यसमा गर्व गर्छौँ। तर हामीसँग देशको सबैभन्दा नयाँ सोच पनि छ।”
प्रतिक्रिया दिनुहोस