४ जेठ २०८३ सोमबार | 18 May 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धनगढीमा बालेन शाहको सम्बोधन : ‘भोटभन्दा काम चाहियो’



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १०५
  • काठमाडौं, फागुन ६ - बालेन शाहले सुदूरपश्चिम प्रदेशको विकासलाई प्राथमिकतामा राख्दै आफूहरू भोट माग्न नभई काम गर्न आएको बताएका छन्। बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई ‘सु–नजिक प्रदेश’का रूपमा विकास गर्नुपर्ने धारणा राखे।

    उनले रास्वपाले मतभन्दा परिणाममुखी कामलाई महत्व दिने स्पष्ट पारे। “हामी यहाँ भोट माग्न आएका होइनौं, काम माग्न आएका हौं। तपाईंहरूले काम दिनुहोस्,” उनले भने।

    शाहले मत नदिए पनि सुदूरपश्चिमको समग्र विकासका लागि प्रतिबद्ध रहने दाबी गरे। उनले स्थानीय नागरिकलाई आफ्ना आवश्यकताहरू र कामको सूची उम्मेदवारलाई उपलब्ध गराउन आग्रह गर्दै भने, “हाम्रा उम्मेदवारलाई कामको सूची दिनुहोस्। भोट नदिए पनि हुन्छ, तर काम दिनुहोस्।”