४ जेठ २०८३ सोमबार | 18 May 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमाले नेतृत्वमाथि निरन्तर आक्रमण भइरहेको छ : बादल



  • अञ्जना ढकाल
  • १८ घण्टा अघि
  • पाठक संख्या ३५
  • काठमाडौं, जेठ ३ - नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले देशी तथा विदेशी शक्तिहरूले नेकपा (एमाले) र पार्टी नेतृत्वलाई समाप्त पार्ने उद्देश्यसहित गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेका घटनाक्रमलाई योजनाबद्ध राजनीतिक आक्रमणको रूपमा व्याख्या गरेका हुन् ।

    आइतबार काठमाडौँको बल्खुस्थित मदन नगरमा आयोजित मदन–आश्रित स्मृति कार्यक्रममा बोल्दै थापाले एमालेमाथि निरन्तर दबाब सिर्जना गर्ने प्रयास भइरहेको बताए । उनले पार्टी नेतृत्वको रक्षा गर्दै संगठनलाई थप मजबुत बनाएर अघि बढ्नु अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे ।

    थापाले सरकारद्वारा ल्याइएका अध्यादेश, मन्त्रिपरिषद्का निर्णय तथा अध्यक्ष ओलीमाथि लागिरहेका मुद्दाहरूलाई दासढुंगा घटनाकै निरन्तरताका रूपमा बुझ्नुपर्ने धारणा राखे । उनका अनुसार यी घटनाहरू एमाले नेतृत्वलाई कमजोर बनाउने उद्देश्यले अघि बढाइएको हो ।

    उनले जेनजी आन्दोलनदेखि लिएर पछिल्ला राजनीतिक गतिविधिसम्मलाई एउटै श्रृंखलाको रूपमा लिनुपर्ने बताए । थापाले एमालेविरुद्ध योजनाबद्ध रूपमा भइरहेको गतिविधिप्रति पार्टी पंक्ति सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

    उपाध्यक्ष थापाले एमाले र त्यसको नेतृत्वमाथि भइरहेका आक्रमणको प्रतिवाद गर्नुपर्ने समय आएको पनि बताए । उनले पार्टीको रक्षा गर्नु अहिलेको ऐतिहासिक दायित्व भएको उल्लेख गर्दै कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।